www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीका ११२ सहित ३६३ जनामा संक्रमण पुष्टि

३ संक्रमितको निधन, २८१ जना सन्चो भए

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ३ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका २ र नवलपरासीका १ संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४१ पुगेको छ ।

Batas

यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३६३ जना संक्रमित थपिएका छन् । १७१ महिला र १९२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा कास्कीका ११२ , म्याग्दीका १८,पर्वतका ३ ,गोरखाका ३४,लमजुङका १३,तनहुँका ३८,बागलुङका ३, स्याङ्जाका ४६ र नवलपरासीका ७८ जना रहेका छन् । यो सँगै संक्रमित बन्नेको संख्या ६२ हजार ७२४ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा २८१ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ५८ हजार ५७४ रहेको छ ।
हाल प्रदेशमा ३ हजार १०९ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ८११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.