www.tandavnews.com
Fact ~ In search of truth

होन्डा म्यासेज आतंक ! कम्पनीले भन्यो ‘म्यासेज नखोल्नुहोस्’

पोखरा।

अहिले धेरैको फेसबुक म्यासेन्जरमा होन्डाको ७०औं वार्षिकोत्सवको शुभकामनासहितको लिंक फैलिइरहेको छ । उक्त लिंक क्लिक गरेपछि गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिंकसहितको म्यासेज पाँच वटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।

तर यो सत्य होइन । यो झुक्याएर व्यक्तिसँग सूचना संकलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो।

Batas

सामाजिक सञ्जाल फेसबुकमा स्पाम आतंक बढेपछि होन्डा नेपालले सूचना निकाल्दै उक्त लिंक नखोल्न आग्रह गरेको छ । ‘होन्डा नेपालले त्यस्तो खालको कुनै अभियान सञ्चालनमा ल्याएको छैन,त्यसैले त्यस्ता म्यासेजबाट टाढै रहेर सुरक्षित रहनुहोस्, ’सूचनामा भनिएको छ ।

होन्डा नेपालकाे सूचना

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.