www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौं: लगाउन सुरु गर्न नपाउँदै सकियो जोन्सन खोप

काठमाडौं/ ताण्डव न्यूज ।

१८ वर्षभन्दा माथिकालाई खोप लगाउन सुरु गरिएको पहिलो दिनमै जोन्सन एन्ड जोन्सन खोप सकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खोप सकिएपछि बिहीबारदेखि जोन्सनको खोप अभियान पनि रोकिएको छ ।प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पहिलो दिनमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए ।

Batas

भेरोसेल खोप लगाउने कार्य चाहिँ निरन्तर रहने पराजुलीले जनाए । प्रशासनले बुधबारदेखि १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो ।

तर, ललितपुर र भक्तपुरमा भने खोप लगाउने कार्य चाहिँ जारी छ । जोन्सन खोप सकिएपनि चीनबाट भेरोसेल आउने भएपछि भेरोसेल अभियानलाई भने निरन्तरता दिइने भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.