www.tandavnews.com
Fact ~ In search of truth

चितवनः वन्यजन्तुको आक्रमणबाट एकको मृत्यु

चितवन ।

माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ ।

बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।

Batas

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उनको शव फेला परेको हो । बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.