www.tandavnews.com
Fact ~ In search of truth

कहाँ पुग्यो पाेखराको ‘अक्सिजन प्लाण्ट’ याेजना ?

पोखरा/ताण्डव न्यूज

बतास फाउण्डेशनको पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट जडान कार्यमा ढिलाई भएको छ । फ्रान्सबाट खरिद गर्न लागिएको प्लाण्ट ल्याउन ढिलाई भएको फाउण्डेशनका प्रवक्ता नारायण पौडेलले बताए ।

नेपालका विभिन्न ११ ठाउँका लागि एकैपटक प्लाण्टका सामानहरु ल्याउनु पर्ने भएकाले ढिलाई भएको पौडेलले बताए । “पोखरामा मात्र होईन देशभरका विभन्न ११ वटा प्लाण्टको सामान एकैपटक ल्याउन लागेकाले डेलिभरीमा ढिला भएको हो” उनले भने “ यहि श्रावण महिनाभित्र आईपुग्ने जानकारी पाएका छौँ ।” प्लाण्ट खरिदका लागि सम्पूर्ण रकम पठाईसकिएको उनले बताए । “सुरुमा ५० प्रतिशत मात्र पठाएका थियौँ पछि आवस्यक सयप्रतिशत नै रकम भुक्तानी भैसकेको छ ।” ३ वटा प्लाण्ट खरिदका लागि ३ करोड ७ लाख ३६ हजार ५११ रुपैयाँ फ्रान्सको मेडी अक्सी नामक प्राईभेट कम्पनीलाई भुक्तानी दिएको उनको भनाई थियो ।

Batas

स्वास्थ्य विशेषज्ञहरुले तेश्रो भेरियण्टको संक्रमण फैलने चेतावनी दिईरहेका बेला गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालमा अहिलेसम्म अक्सिजन प्लान्ट छैन । प्लाण्ट नहुँदा खेपेको समस्यालाई मध्यनजर गर्दै फाउण्डेशनका अध्यक्ष आनन्द बतासले अभियान सुरु गरेका थिए । पोखराका राजनीतिज्ञ, समाजेवी, व्यापारी, चिकित्सक, सञ्चारकर्मी लगायतले यसमा साथ दिएका छन् । प्लाण्टका लागि हालसम्म ३ करोड १२ लाख ७५ हजार ८ सय ६८ रुपैयाँ संकलन भइसकेको छ । अहिले पनि सहयोगका लागि अभियान भने जारी रहेको फाउण्डेशनले जनाएको छ । रकम जम्मा गर्नको लागि ग्लोबल आईएमइ बेैक, पोखरा बतास फाउन्डेसन, खाता नम्बरः–६५०१०१००००४७७ मा रकम जम्मा गर्न सकिने बताईएको छ ।

फाउण्डेशनले स्थानीय तहलाई पनि साथ लिने प्रयास स्वरुप पोखरा महानगरपालिकाका प्रमुख मानबहाजुर जिसीलाई संरक्षक तोकेको थियो । समितिको संयोजकमा बतास स्वयं रहेका छन् । अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायणप्रसाद पौडेल समितिको समितिको कोषाध्यक्ष हुन ।

समितिका सदस्यहरूमा केसी ग्रुपका किरण केसी, सेलवेज ग्रुपका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङग, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाना र पत्रकार दीपेन्द्र श्रेष्ठ छन् । यसअघि बतास फाउण्डेसका तर्फबाट २५ लाख रुपैयाँ बिउ पुँजी राखेर अभियान सुरू भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.