www.tandavnews.com
Fact ~ In search of truth

आज १० लाख मात्रा भेरोसेल खोप आइपुग्दै

काठमाण्डौ/ताण्डव न्यूज

चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ ।

खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाख मध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो । निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेजिङका लागि योसहित चारवटा उडान गरेको छ ।

Batas

सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.