www.tandavnews.com
Fact ~ In search of truth

निर्मला पन्त हत्याको ३ वर्ष पुग्याे, दोषी अझै पत्ता लागेन

कञ्चनपुर ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ । यसबीचमा हत्याको अनुसन्धानका लागि बिभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताए । प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताए । उनका अनुसार अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् ।

Batas

अनुसन्धानका क्रममा ६ सयजनालाई लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सयजनाको डीएनए परीक्षण भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.