www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरमा स्वास्थ्यमन्त्री : गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता

नवलपुर ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ्गले नवलपुर जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद कार्यालयहरुको अनुमगन तथा निरिक्षण गरेकी छन् । उनले सो क्रममा अब जिल्लामा रहेका स्वास्थ्य सस्थाहरुले उपचार क्षमता बृद्धी गर्ने आवश्यक रहेको बताइन् ।

जनताको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने देखि लिएर विषेशज्ञ सेवा प्रवाहमा जोड दिन सरकार लागिरहेको उनको भनाई थियो । जिल्लाको मध्यबिन्दु अस्पतालको भ्रमणका क्रममा अस्पतालको सेवा प्रबाहलाई थप चूस्त बनाउन आग्रह गरे ।

Batas

सो क्रममा उपचाररत बिरामीहरुकोे अवस्था, उपचार प्रकृयाका बारेमा पनि उनले वार्डमै पुगेर चासो दिइन् । भौगोलिक अवस्था, जनसंख्याको आधार र बिकासको सुचाकाङ्गलाई मानेर नै समावेशी बिकासको मोडलनै अहिलेको उत्तम मोडल भएको मन्त्री अधिकारीको भनाई थियो । मध्यबिन्दू अस्पतालमा बन्दै गरेको नयाँ भवन, अक्सीजन प्लान्ट, कर्मचारीको अबस्थाका बारेमा उनले जानकारी लिइन् ।

मन्त्री अधिकारीले कोल्हुवामा रहेको स्वास्थ्य कार्यालयको अबस्थाको बारेमा जानकारी लिइन् । कार्यालयका प्रमुख केशब प्रसाद चापागाईले कार्यालयको भौतिक संरचना निर्माण गर्न आबस्यक रहेको बताए । जिल्लामा जनसंख्याको आधारमा सेवा प्रवाह गर्ने स्वास्थ्य सेवा दिने कार्यालय एकदम कम भएको चापागाईले जानकारी दिए । जिल्लामा अहिले पनि २५ प्रतिशत बालबिवाह, गर्भपतन पनि अनियन्त्रीत रहेको उनको भनाई थियो । यो अवस्था लाई नियन्त्रणमा ल्याउन आवस्यक रहेकोमा उनले जोड दिए ।

अरुङ्गखोला स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको पनि उनले सो क्रममा अनुगमन गरिन् । मन्त्री अधिकारीले जंगलमा खेर गएका जडिबुटी लाई संकलन, भण्डारण, प्रशोधन गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउने बारे मन्त्रालयले आवश्यक गृहकार्य सुरु गर्ने बताइन् । कार्यलयका कार्यलय प्रमुख डा. सुजाता शर्माले कार्यालयको अवस्थाको बारेमा मन्त्री लाई जानकारी गराइन् ।

नवलपुरमै रहेको प्रदेशकै नमुना प्राकृतिक चिकीत्सालयको रुपमा चिनिएको सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा पनि मन्त्री अधिकारीले भ्रमण गरिन् । सो क्रममा त्यहाँ उपचाररत गण्डकी प्रदेशको प्रदेशसभा सदस्य प्रभा कोईरालाको स्वास्थ्य अबस्थाको बारेमा उनले जानकारी लिइन् । रजहरलाई प्राकृतिक चिकीत्साको हब बनाउनेमा उनले जोड दिइन् ।

भ्रमणको क्रममा जिल्लामा रहेका पार्टी कार्यकर्ता, शुभचिन्तक, जनयुद्धका पुराना कार्यकर्ताहरु संग पनि उनले साक्षातकार गरिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.