www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा संघ गण्डकीले तोक्यो विभिन्न जिम्मेवारी, युथ फोर्समा हरि लम्साल

पोखरा/ताण्डव न्यूज

नेकपा एमालेको भ्रातृ संगठन यूवा संघ गण्डकी प्रदेश कमिटिको शनिबार सम्पन्न बैठकले विभिन्न जिम्मेवारी बाँटफाटसहित निर्णयहरु गरेको छ ।

संघका अध्यक्ष महेन्द्र गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकले संघका स्थायी कमिटीका सदस्य हरि लम्साललाई युथ फोर्स गण्डकीको प्रमुख, स्थायी कमिटिका सदस्य बिकास अधिकारी, केन्द्रीय सचिवालय सदस्य डिल्ली सुवेदी र केन्द्रीय सदस्य सुभाष सापकोटालाई राष्ट्रिय युवा संघ गण्डकी प्रदेश कमिटीको क्रमश: सचिब,कोषाध्यक्ष र कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । बैठकमा संघका पुर्व अध्यक्ष गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी र संघका गण्डकी ईन्चार्ज सन्तोष रावलको समेत उपस्थिति रहेको संघले जनाएको छ ।

Batas

साथै ३ महिना भित्र ३० हजार सदस्यता बितरण गर्ने, १५ हजार नयाँ युवाहरु लाई संगठनमा प्रबेश गराउने निर्णय समेत बैठकले गरेको छ । सबै जिल्ला कमिटिका बैठक र भेला साउन मसान्त भित्र गरिसक्ने अठोट समेत बैठकले गरेको प्रचार प्रसार विभागका प्रमुख केन्द्रिय सदस्य माधब अधिकारीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.