www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका वडाहरुमा भोलिदेखि खोप अभियान सूचारु (केन्द्रको तालिकासहित)

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकामा रोकिएको खोप अभियान भोलिबाट सूचारु हुने भएको छ । महानगरको स्वास्थ्य महाशाखाले सम्बन्धित खोप केन्द्रहरुलाई आज खोप अभियान सूचारु गराउन निर्देशन दिएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पोखरा महानगरको वडा नं. १८ देखि ३३ सम्मका ५५ वर्षमाथि उमेर समुहका यस अघि कुनैपनि खोप प्राप्त नगरेका नागरिक र शिक्षकहरुलाई मात्रै श्रावण ११ गते तोकिएका खोप केन्द्रबाट भेरोसेल ( खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ ।

Batas

त्यस्तै पोखरा वडा नं. १८ देखि ३३ सम्मका ५२ देखि ५४ वर्षसम्म उमेर समुहका यस अघि कुनैपनि खोप प्राप्त नगरेका नागरिकलाई श्रावण १२ गते खोप लगाईनेछ । वडा नं. १ देखि १७ सम्मका ५२ देखि ५४ वर्षसम्म उमेर समुहका यस अघि कुनैपनि खोप प्राप्त नगरेका नागरिकलाई मिति श्रावण १४ गते खोप लगाउने कार्यतालिका बनाईएको महानगरका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशाशक हेमन्त पौडेलले जानकारी दिए ।

खोप लगाउका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारको आधिकारिक निकायद्वारा जारी गरिएको जन्ममिति खुलेको प्रमाण पत्रको आधारमा र शिक्षकको हकमा शिक्षा महाशाखाबाट प्रमाणित विवरणका आधारमा आधिकारिक परिचय पत्रका आधारमा मात्रै खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

खोप केन्द्र तोकिएको मिति र स्थानमा बिहान १०.०० बजेबाट अपरान्ह ४.०० बजेसम्म संचालन गरिने जनाईएको छ ।

यस्तो छ खोप केन्द्रको तालिकाको विवरण

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.