www.tandavnews.com
Fact ~ In search of truth

कास्कीबाट संयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघको जागरण अभियान सुरु

पोखरा/ताण्डव न्यूज

संयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले विभिन्न जिल्ला स्तरिय जागरण अभियान कास्कीबाट सुरु गरेको छ । वर्तमान समयमा भुतपुर्व सैनिक एवं प्रहरीहरुको सेवा सुविधा तथा हक अधिकारको विषयमा भुपू सैनिक अगुवाहरुको उपस्थितिमा महासंघले शुक्रबार पोखरामा जागरण अभियान सम्पन्न गरेको हो ।

महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले उक्त जागरण अभियान नेपालका विभिन्न जिल्लाहरुमा सञ्चालन गर्ने बताए । उनका अनुसार कास्कीसँगै बाग्लुङमा समेत अभियान सम्पन्न भैसकेको छ । कर्णेल थापाले सो महांसघमा देशका ८१ विभिन्न समितिहरु आवद्ध रहेको बताए । उनले भुपू सैनिक तथा प्रहरीहरुको हक अधिकारको प्राप्तिका लागि जागरुक गरोउने उद्देश्य सहित कार्यक्रम तय गरिएको बताए । ‘हामीलाई राज्यले चिन्न सकेको छैन, उनले भने, ‘हाम्रो अस्तित्व र पहिचानको लागि भुपूहरुलाई जागरुक गराउने र राष्ट्रियताको भावना उजागर गर्ने हाम्रो लक्ष्य हो ।’

Batas

उनले सुतिरहेको भुपूहरुलाई जागरुक गराउनकै लागि अभियान नै सञ्चालन गर्नुपरेको जानकारी दिए । ‘भुपूहरु सुतेर बस्दा राज्यले वास्ता गरेन, उनले भने, ‘त्यसैले अस्तित्व जगाउन र देशमा हुने अराजकता र बेथितिको विरुद्धमा डट्न आवश्यक छ त्यसैको लागि भुपूहरु उठ्नुपर्छ ।’ उनका अनुसार कास्कीमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशको लम्जुङ, तनहुँ, गोरखा, स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्लाबाट समेत भुपू अगुवाहरुको उपस्थिति रहेको बताए ।

कास्कीमा सम्पन्न अभियान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गार्खा व्रिगेड समितिका सल्लाहकार कर्णेल भुम बहादुर गुरुङ लगायतले बोलेका थिए । महासंघले सामाजिक सुरक्षा भत्ता, सेवा सुविधा र हक अधिकारको विषयमा आवज बुलन्द गर्दै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.