www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं ।

नेपालमा गत २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३८३४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २२३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

Batas

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा निको भएको दर ९४.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९७१३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३३ लाख ८३ हजार ३८ जना रहेको छ भने पूर्णमात्रा लगाउनेको संख्या १३ लाख ९८ हजार १ सय ७८ जना रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.