www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : रोकिएका वडाहरुमा आजदेखि खोप

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिका वडा नं १८ देखि ३३ सम्मका विभिन्न खोप केन्द्रमा आजदेखि कोरोना विरुद्धको भ्याक्सीन लगाईदै छ । यहि साउन १ गते स्थगित भएको अभियान आजबाट सूचारु हुन लागेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । पछिल्लोपटक सरकारले चीनबाट थप खेप खोप ल्याएपछि पोखराका ती वडाका बासिन्दाका लागि पनि उपलब्ध हुन लागेको हो ।

अभियान अन्र्तगत ५५ वर्षमाथिका नागरिकलाई चिनियाँ खोप भेरोसिल लगाइने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए । साथमा शिक्षकहरुलाई पनि खोप लगाउने कार्यक्रम छ । १२ गते भने तिनै वडाका ५२ देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई अमेरिकी खोप जोन्सन लगाउने कार्यक्रम तय भएको छ ।

Batas

पौडेलले वैदेशिक रोजगारीमा जानेका लागि १२ गते पोखराको अमरसिंह माविमा खोप लगाइने जानकारी पनि दिए । वैदेशिक रोजगारीमा जानेले पासपोर्ट र भिसासहित खोप केन्द्रमा पुग्नुपर्नेछ । यद्यपी खोप लगाएको प्रमाणीकरण गर्न भने उनीहरुले काठमाडौ ंनै जानुपर्नेछ । पोखरा महानगरपालिकाको खोप समन्वय समितिले वडा नम्बर १ देखि १७ का ५२देखि ५४ वर्ष उमेरका नागरिकलाई १४ गते जोन्सन खोप लगाउने कार्यक्रम तय गरेको छ । यी वडाका ५५ वर्षमाथिका नागरिकलाई यसअघि नै भेरोसिल खोप लगाइसकिएको छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले कास्कीमा अहिले १८ हजार डोज भेरोसिल खोप उपलब्ध भएको जानकारी दिए । त्यही खोप नै पोखराका १८ देखि ३३ नम्बरका बासिन्दालाई छुट्याइएको हो । त्यस्तै जोनसन खोप १६ हजार ८ सय डोज रहेको जानकारी आचार्यले दिए । पोखरा महानगरपालिकाभित्र जोन्सन खोप लगाउन साउन १ गते सुरु गर्नै लाग्दा एक्कासि रोकिएको थियो ।

पोखराका १८ देखि ३३ नम्बर वडाका ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन बाँकी थियो । तिनीहरुलाई नै खोप लगाउने भनेर वडाहरुले स्वास्थ्य संस्था लगायत खोप केन्द्रमा डाकेका थिए । बिहानैदेखि लाइन लागेर बसेका नागरिक एक्कासि खोप नलगाइने खबर सुनेर निराश र आक्रोशित बन्दै घर फर्कन बाध्य बनेका थिए । त्यस दिन खोप केन्द्रमा जोनसन खोप पुगेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले जोन्सन खोप ५० देखि ५४ वर्षका व्यक्तिलाई लगाउन भनेपछि व्यवस्थापन कठिनाइ हुने देखि स्थगित गरिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.