www.tandavnews.com
Fact ~ In search of truth

गाउँ पसेको चितुवा खोरमा

बागलुङ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँं कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए।

फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना ग¥यौंँ” वडाध्यक्ष चक्रबहादुर खत्री भन्छन, ‘डिभिजन वन कार्यालयको टोलीले पनि चितुवाको व्यवस्थापन गर्न सकेन थप प्रयास भइरहेको छ ।’

Batas

वयस्क चितुवा निकै चलाख देखिएकाले प्रविधिबिना व्यवस्थापन कठिन रहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए। नियन्त्रणमा लिइएको चितुवालाई जङ्गलमा छोड्नुपर्ने भएकाले पासोबाट निकालेर अर्को खोरमा राख्न समस्या भएको हो । चितुवा हेर्नेको भीड लागेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.