www.tandavnews.com
Fact ~ In search of truth

करको दायरा बढाउनु पर्छः मन्त्री खड्का

पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन । आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका थिए ।

Batas

कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए ।

समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.