www.tandavnews.com
Fact ~ In search of truth

युवा व्यवसायी अधिकारी र बरालको पहलमा पोखरा–२१ मा राहत वितरण

पोखरा/ ताण्डव न्यूज ।

पोखरा २१ निर्मल पोखरीमा राहत सामाग्री तथा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । राजु योञ्जनको सहयोगमा त्यहाँका दलित परिवार र विद्यार्थीलाई सामाग्री प्रदान गरिएको हो ।

पोखरा -२१ का युवा पर्यटन व्यवसायी हेमराज अधिकारी र थानेश्वर बरालको पहलमा १८ घर परिवारलाई राहत सामाग्री र २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । प्रत्येक परिवारलाई २५ के.जीको चामल, दाल, चना, तेल, सोयाबिन र साबुन र विद्यार्थीलाई कापीकलम लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

Batas

कार्यक्रममा प्रमुख अतिथी पोखरा २१ का अध्यक्ष खगराज आचार्यले आफ्नो वडामा सहयोग गरिदिएकोमा आभार प्रकट गरे । कार्यक्रममा युवा पर्यटन व्यवसाय हेमराज अधिकारीले आफ्नो पहलमा विशेष गरि विपन्न दलित वस्तीलाई राहत र विद्यार्थीलाई सामाग्री वितरण गर्न पाउँदा खुसी लागेको बताए ।

अधिकारीले आगामी दिनमा पनि यसरी नै आफ्नो वडामा सहयोग ल्याउने प्रतिवद्दता व्यक्त गरे । कोभिड १९ सहयोग उपसमिती पोखरा २१ का संयोजक अर्जुन गिरीले सञ्चालन गरेको कार्यक्रममा निर्मल पोखरी टोल विकास संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा जनचेतन उच्च माविका पूर्व प्राचार्य निर्मल अधिकारी क्षेत्री, नेपाली काँग्रेसका क्षेत्रीय सचिव रघु पराजुली ,कोभिड १९ सहयोग उपसमितीका सदस्यद्धय केवल गिरी, सिता देवी वि.क, युवा व्यवसायी प्रकाश गिरी, टंक भण्डारीको उपस्थिती रहेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.