www.tandavnews.com
Fact ~ In search of truth

एनआरएन यूकेको युवा संयोजकमा तिर्थ बहादुर मल्लको उम्मेदवारी

पोखरा ।

गैरआवासीय नेपाली संघ, यूकेको युवा संयोजक पदमा युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) ले उम्मेदवारी दिएका छन् ।

जुलाईको ३१ मा हुन लागेको निर्वाचनका लागि मल्लले युवा संयोजकमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएपश्चात मल्लले संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु आफ्नो प्राथमिकता रहेको बताए ।

Batas

उनले भने,‘ एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ ।’

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने उनको लक्ष्य रहेको छ ।

कलिलो उमेरमै बेलायतमा रहि व्यवसायीका रुपमा स्थापित मल्ल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.