www.tandavnews.com
Fact ~ In search of truth

लमजुङका किसान कोदो रोप्न व्यस्त

लमजुङ ।

कोरोना संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान र कोदो रोप्न सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेको बताए।

Batas

दोर्दी गाउँपालिका–३ का किसान बुद्धिमान श्रेष्ठले भने, ‘धान रोपेर बसेका यहाँका किसानलाई कोदो रोप्न भ्याइनभ्याइ छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पनि कोदो रोप्ने चिन्तामै किसान रुमल्लिएका छन् ।’

दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका कुमार तामाङले साउनको पहिलो हप्ताबाटै कोदो रोप्न थालिएको बताए । उनले भने, ‘खेतीपातीको समय भएकाले धान रोपाइँ सक्नासाथ कोदो रोप्न व्यस्त छु ।’

र्मस्याङदी गाउँपालिका–६ लामपाटा गाउँकी शान्तिमाया तामाङले पनि कोदो रोप्दा रोप्दै दिनबित्ने गरेको र अहिले पर्म तिर्नका लागि पनि रोप्न जानुपरेको बताए । आलोपालो गरेरै यहाँका किसान कोदो रोप्ने गरेका छन् ।

कार्यालयका प्रमुख रोहीणीराज घिमिरका अनुसार जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायत गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९१९ हेक्टर जमीनमा कोदो रापाइँ हुदै आएकामा करीब ६ हजार १६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको उनको भनाइ थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.