www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२२ स्थित लियो पार्कमा २०० बिरुवा वृक्षारोपण

पोखरा ।

पोखरा महानगर पालिका वडा नं २२ स्थित लियो पार्कमा वृक्षारोपण गरिएको छ ।

लियो जिल्ला परिषद को आह्वानमा जिल्ला परिषद अन्तर्गतका रिजन अन्नपूर्ण, माछापुच्छ्रे, फेवा र बेगनासका सम्पुर्ण क्लबहरुको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।

Batas

पार्कमा धुपी, तेजपत्ता, कल्कि फूल, निगालो, अम्रिसो, बाँस गरी २०० वटा बिरुवाहरु वृक्षारोपण गरिएको छ । वृक्षारोपणका लागि विरुवाहरु सव–डिभिजन वन कार्यालयले उपलब्ध गराएको थियो ।

लियो क्लब अफ पोखरा फिस्टेल सिटिका अध्यक्ष लियो सन्तोष बरालले वृक्षारोपण कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी लियो जिल्ला ३२५ बि १ नेपाल का निर्वतमान अध्यक्ष लियो आदर्श मोहन भट्टराईले गरेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला कोषाध्यक्ष लियो दिप्ती न्यौपाने ,रिजन संयोजकहरु क्रमश विदुर सापकोटा ,दिव्य न्यौपाने र आभास दाहाल साथै जिल्लाका अन्य पदाधिकारीहरु गणेश बराल,सुवर्ण राज पन्त ,बिग्नेस थापा, सुशील भण्डारी ,संकल्प बस्याल र विभिन्न लियो क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

लियो क्लब अफ पोखरा फिस्टेल सिटिका सचिव विवेक सापकोटाले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.