www.tandavnews.com
Fact ~ In search of truth

यौन धन्दामा लगाईएका महिला र बालिकाको थ्रि एन्जल्स नेपालद्वारा उद्धार

जीवन सुवेदी/पोखरा ।

चितवनको राप्ती नगरपालिकास्थित एक होटलमा यौन धन्दामा लगाईएका १० जना महिला र बालिकालाई थ्रि एन्जल्स नेपालले उद्धार गरेको छ ।

राप्ती नगरपालिका वडा नं ७ मा रहेको रक्षा होटलले ती महिला र बालिकालाई यौन कार्यमा संलग्न गराएको सूचनाका आधारमा संस्थाको चितवन लोथर हेल्प डेस्कको सहयोगमा उनीहरुको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

Batas

संस्थाको पहलमा यहि श्रावण ११ गते बेलुका उनीहरुको उद्धार गरिएको थ्रि एन्जल्स नेपाल लोथर हेल्प डेस्कका सु्निता सिलवालले जानकारी दिईन् ।

उक्त होटलले होटल नजिकै अर्को एक घर भाडामा लिएर यौन धन्दा चलाउँदै आएको खुलासा भएको प्रहरीले जनाएको छ । उक्त घरबाट ७ जना र होटलमा कार्यरत ३ जना गरी १० जनाको उद्धार गरिएको हो ।

आफूहरुलाई दैनिक ५ हजारका दरले रकम दिने प्रलोभन देखाएर यौन धन्दामा संलग्न गराएको उद्धार पछि ती महिलाहरुले बयान दिएका छन् ।

उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ र काठमाण्डौ जिल्लाका हुन् । होटल सञ्चालकले उनीहरुलाई यौन कार्यका लागि चितवनका अन्य विभिन्न होटलहरुमा समेत पठाउँदै आएको स्वीकारेका छन् ।

उद्धार पछि ती महिलाहरुलाई कानुनी परामर्श तथा थप सोधपुछको लागि ईलाका प्रहरी कार्यलय भण्डारामा नै रहेका छन् । उनीहरुलाई र पारीवारीक पुर्नमिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको संस्थाका मानव बेचविखन विरुद्धको कार्यक्रम म्यानेजर झरना शर्माले जानकारी दिईन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.