www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ४ संक्रमितको निधन, कास्कीका २५४ सहित ५५९ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीका ३ र पर्वतका १ जनाको संक्रमणबाट ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६६ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ३०४ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका २५४ जना, मुस्ताङका १, मनाङका ८, म्याग्दीका २२, पर्वतका ३२,गोरखाका ८६, लमजुङका १४,तनहुँका २१, बागलुङका २, स्याङ्जाका ५४ र नवलपरासीका ६५जना रहेका छन् ।

२५५ महिला र ३०४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६५ हजार ६ सय ६४ पुगेको छ ।यस्तै सोही समयमा प्रदेशमा ३६० जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६० हजार ९९८ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ३ हजार ६०४ सक्रिय संक्रमित छन् । जसमध्ये ३ हजार ४१२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.