www.tandavnews.com
Fact ~ In search of truth

डेल्टा त्रासःसिड्नीमा थपियो एकमहिना लकडाउन

एजेन्सी /ताण्डव न्यूज ।

कोरोना भाईरसको नया भेरियन्ट डेल्टाको फैलावट बढ्न सक्ने भन्दै अष्ट्रेलियाको राजधानी सिड्नीमा एक महिना लकडाउन थपिएको छ ।भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनको अवधि लम्ब्याईएको त्यहाँको सरकारले जनाएको छ ।

डेल्टा भेरियन्ट फैलिएको र कोभिड १९ संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनको अवधि बढाइएको हो । अस्ट्रेलियाको ठूलो शहरमध्येको सिड्नी विगत पाँच हप्तादेखि लकडाउनमा रहेको छ ।

Batas

जुन महिनामा संक्रमण बढेसँगै लगाइएको लकडाउनमा पनि संक्रमण दर घट्न सकेको छैन। सबै अन्तर्राष्ट्रिय सीमा बन्द गर्दै, होटल क्वारेन्टाइनको कडा नियम लागू गरिए पनि संक्रमण फैलिएपछि अस्ट्रेलियाले थप सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

बुधवार न्यू साउथ वेल्समा थप १७७ जनामा संक्रमण देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। मार्च यताकै यो सबैभन्दा धेरै संख्या हो। विज्ञहरुले सेप्टेम्बर वा त्यो भन्दा बढी समय सिड्नीमा संक्रमणको जोखिम रहन सक्ने बताएका छन्। भिक्टोरिया र साउथ वेल्समा भने बुधवारबाट लकडाउन हटाइएको छ। त्यहाँ संक्रमण दर हाल नियन्त्रणमा रहेको छ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.