www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ८ संक्रमितले गुमाए ज्यान, कास्कीका २५५सहित ६२५ जनामा संक्रमण

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ८ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीका ४,स्याङ्जाका २, नवलपरासीका १, र बागलुङका १ जनाको संक्रमणबाट ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७४ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ६२५ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका २५५ जना, म्याग्दीका ३२, पर्वतका २१,गोरखाका ४७, लमजुङका २०,तनहुँका ६०, बागलुङका ६३, स्याङ्जाका ५० र नवलपरासीका ७७ जना रहेका छन् ।

२९० महिला र ३३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६६ हजार २ सय ८९ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा ३७६ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६१ हजार ३७० जनाले कोरोना जितेका छन् ।हाल प्रदेशमा ३ हजार ८४५ सक्रिय संक्रमित छन् । जसमध्ये ३ हजार ५२३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.