www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

Batas

यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई-दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका थिए । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेको थियो ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.