www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ९ संक्रमितको मृत्यु, ४२७ संक्रमित थपिदाँ ३३ जना मात्रै निको भए

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ९ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार विभिन्न मितिमा गरि पर्वतका मात्रै ६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै कास्कीका १, तनहुँका १ र बागलुङका १ जनाको संक्रमणबाट ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ४२७ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १६८ जना, म्याग्दीका १८, पर्वतका ४१,गोरखाका ३१, लमजुङका ९,तनहुँका २७, बागलुङका २१, स्याङ्जाका ४३ र नवलपरासीका ६९ जना रहेका छन् ।

२०५ महिला र २२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६६ हजार ७ सय १६ पुगेको छ ।
यस्तै सोही समयमा प्रदेशमा आज ३३ जना मात्रै सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६१ हजार ४०३ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ४ हजार २३० सक्रिय संक्रमित छन् । जसमध्ये ३हजार ९९९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.