www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘फाइन गोल्ड’ भन्दै ‘नक्कली सुन’ बेच्ने ७ जना पक्राउ

पोखरा
ताण्डव न्यूज ।

नक्कली सुन बेच्ने ७ जना पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुनको बेच बिखन भइरहेको सूचनाको आधारमा ७ ब्यक्तिलाई पक्राउ गरेको हो ।

पोखरा ८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालिगढको रुपमा काम गर्दे आएका भुवन बिक लगायतका ब्यक्तिहरु नक्कली सुनलाई सक्कली भन्दै बेचबिखन गरिरहेको सूचना कास्की प्रहरीले पाएको थियो ।

Batas

सोही सूचनाको आधारमा खटिएको प्रहरीले बुधबार दिउसो ४ बजे पोखरा २ मिरुवास्थित बिमला दमाईको कोठाबाट लेखिएको पहेँलो धातु फेला पार्यो । उक्त धातु सुनचाँदी व्यवसायी संघ कास्कीमा परिक्षणकालागि पठाउँदा सुन नभएको व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक बिश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुर शीर्षकमा दिन १० ९दश० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.