www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री थापालाई मेगा जिमको सम्मान

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशका कानून न्याय तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापालाई पोखराको मेगा जिम हलले सम्मान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित पोखरा ट्रेड मलमा सञ्चालनमा आएको मेगा जिम हलले बिहिबार एक कार्यक्रम आयोजना गरी मन्त्री थापालाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री थापाले मानिस स्वस्थ रहन दैनिक एक घण्टाको अवधि शारिरिक व्यायाम गर्नुपर्ने बताए । मन्त्री थापाले खेलकूद क्षेत्र राष्ट्र चिनाउने माध्यम मात्र नभई स्वस्थ रहन पनि अनिवार्य भएको बताए । मलका अध्यक्ष समेत रहेका मन्त्री थापाले सोही जिम हलमा दैनिक एक घण्टा ट्रेनिङ समेत गर्ने भएका छन् ।

Batas

जिम हलका सञ्चालक केशव उदासले मन्त्री थापालाई ट्रेनिङ गराउने बताएका छन् । सञ्चालक उदासले मानिस स्वस्थ रहेमात्र हरेक काम गर्न सफल हुने भएकाले व्यायाम अतिआवश्यक रहेको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.