www.tandavnews.com
Fact ~ In search of truth

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गछुः गण्डकी प्रमुख गुरुङ

चितवन ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पदभार ग्रहण अघि गृहजिल्ला चितवन गएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका हुन् ।

प्रदेश प्रमुख गुरुङले भने, ‘सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।’ फरक प्रसंगमा उनले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गरे । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.