www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा जिप दुर्घटनाः १ को मृत्यु, ९ घाईते

पोखरा /ताण्डव न्यूज ।

म्याग्दीमा आज बिहान जिप दुर्घटना हुदाँ १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

म्याग्दी धवलागिरी गाउँपालिका – ७ धारापानी स्थित ताकमबाट बेनी तर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप सडकबाट तल खस्दा सोही ठाउँका २७ वर्षीय विकास सुनारको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

दुर्घटनामा अन्य ९ जना घाईते भएका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप ब्रेक फेल हुदाँ दुर्घटनामा परेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.