www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ५ संक्रमितको मृत्यु, कास्कीका २०२ सहित ४६७ जना संक्रमित थपिए

२३ जना मात्रै सन्चो भए

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ५ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कास्कीका ३ र स्याङ्जाको २ जनाको संक्रमणबाट ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८८ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ४६७ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका २०२ जना, मनाङका २,म्याग्दीका ३, पर्वतका ६,गोरखाका ६०, लमजुङका ४०,तनहुँका ५, बागलुङका १९, स्याङ्जाका ्२६ र नवलपरासीका १०४ जना रहेका छन् ।

२१९ महिला र २४८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६७ हजार १ सय ८३ पुगेको छ ।यस्तै सोही समयमा प्रदेशमा आज २३ जना मात्रै सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६१ हजार ४२६ जनाले कोरोना जितेका छन् ।


हाल प्रदेशमा ४ हजार ६६९ सक्रिय संक्रमित छन् । जसमध्ये ४हजार ४११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.