www.tandavnews.com
Fact ~ In search of truth

‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तक छनोट

काठमाडौं ।

मदन पुरस्कार गुठीले शुक्रबार ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तक छनोट गरेको छ । गुठीलाई प्राप्त भएको २२२ पुस्तकहरु मध्ये नौ उत्कृष्ट पुस्तक छनोट गरि सुची सार्वजनिक गरेको हो ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले शुक्रबार विज्ञप्तीमार्फत पुरस्कारका लागि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ छनोंट भएको जानकारी दिएका छन् ।

Batas

दीक्षितका अनुसार पुरस्कारको लागि गुठीलाई २ सय २२ पुस्तकहरु प्राप्त भएका थिए । ‘यी पुस्तकहरुमध्येबाट बढीमा १० पुस्तकहरुको श्रेष्ठ सूची तयार गर्न कठिन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो’, विज्ञप्तीमा लेखिएको छ, ‘गुठीको नियमानुसार अप्रकाशित सामाग्रीहरुको बाहुल्य रहेका पुस्तकलाई छनोंटको एउटा आधार बनाइएको थियो ।’

यी नौमध्येबाट एक पुस्तकले ‘मदन पुरस्कार २०७७’ पाउने गुठीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.