www.tandavnews.com
Fact ~ In search of truth

‘कौराहा संरक्षण पत्रकारिता पुरस्कार’बाट एमबी आस्थामगर पुरस्कृत

पोखरा ।

एबीसीकर्मी एमबी आस्थामगर ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार ‘२०७८’ बाट पुरस्कृत बनेका छन् ।

नेपाल मगर पत्रकार संघ कास्कीद्वारा पोखरामा आज (शुक्रबार) आयोजित कार्यक्रममा एबीसी न्यूज टेलिभिजनका गण्डकी व्यूरो प्रमुख तथा फोनिज गण्डकीका अध्यक्ष मगर भाङ्ग्रा, ताम्रपत्र सहित १० हजारबाट पुरस्कृत बनेका हुन् ।

Batas

पुरस्कृत मगरलाई गण्डकी प्रदेशका नवनियुक्त कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, आयोजक संस्थाका अध्यक्ष रुद्र हितान मगर लगायतले पुरस्कृत गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका मन्त्री थापाले आगामी दिनमा समेत सबै समुदायको संस्कार सस्कृतिको संरक्षणका लागि कलम चलाउन सुझाए । मन्त्री थापाले पत्रकारहरु राष्ट्रको चौथो अंग भएको उल्लेख गर्दै कसैको प्रभावमा परेर समाचार संप्रेषण गर्न नहुने समेत बताएका थिए ।

त्यसैगरी पुरस्कृत बनेका मगरले आगामी दिनमा झम पत्रकारिता मार्फत मौलिक संस्कार संस्कृतिको संरक्षणमा निरन्तर लाग्न प्रेरणा मिलेको उल्लेख गरे । उनले हरेक समुदायको मौलिकता झल्कने संस्कार सस्कृततिको जगेर्ना गर्ने कर्तव्य सरकारको समेत रहेको भन्दै विशेष चाँसो देखाउनुपर्ने तर्क राखे ।

यस अघि सो पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी प्रताप रानामगर संचारकर्मी कमला रानामगर पुरस्कृत भैसकेका छन् । नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रुद्र हितान मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव सुरज थापाले गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.