www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं/ताण्डव न्यूज ।

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएको भन्दै एमालेले नेपाल पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षका साथ बैठक गर्न लागेको हो ।

Batas

हिजोका लागि बोलाइएको बैठक नेपाल पक्षसँग छलफलका लागि भन्दै अनौपचारिकतामा सीमित गरिएको थियो । एमाले नेता सुवासचन्द्र नेम्वाङले आजको स्थायी कमिटीको बैठक अघिसम्म पनि सहमतिको प्रयास जारी राख्ने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.