www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मन्त्रालयको आग्रहः ‘हल्ला र भ्रमको पछि नलाग्नुस,निर्धक्क भएर खोप लगाउनुस’

काठमाडौं/ ताण्डव न्यूज ।

सरकारले कोरोनाविरुद्धको खोपका बारेका बिभिन्न अफवाह फैलाइएको भन्दै सर्वसाधारण नागरिकलाई निर्धक्कका साथ खोप लगाउन अनुरोध गरेको छ ।

कोरोना महामारीबाट जोगिनका लागि एक मात्र विकल्पको रुपमा रहेको कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न हल्ला र भ्रम अझै पनि मानिसहरुमा रहेको भन्दै सरकारले निर्धक्कसाथ खोप लगाउन आग्रह गरेको हो ।

Batas

पछिल्लो समय नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको अमेरिकी जोन्सन एण्ड जोन्सनको खोपले नकारात्मक असर पारेको हल्लाहरु सुनिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रमको पछि नलाग्न भनेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए ।

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिन १५ लाख ३४ हजार ८ सय ५० मात्रा आएको र हालसम्म १० हजारभन्दा बढीले लगाइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.