www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा दर्जनौ युवा एमाले प्रवेश ,सांसद पहारीले गरे स्वागत

पोखरा ।

पोखरामा आइतबार दर्जनौ युवाहरु नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् ।

संघको गण्डकी प्रदेश कमिटिको आयोजना गरेको विशेष कार्यक्रममा पोखरा महानगरका वडा न १२ १५ ३२ का १५५ जना युवाहरु नेपाली कांग्रेसको तरुण दल र नेकपा माओवादी केन्द्रको वाई सी एल नेपाल लगायत विभिन्न पार्टी परित्याग गरि सो संघमा प्रवेश गरेका हुन् ।

Batas

नवप्रवेशी युवाहरुको समुहलाई युवा संघका पूर्व केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सांसद राजिव पहारीले स्वागत गरेका थिए । स्वागत गर्दै सांसद पहारिले युवाहरु राष्ट्रका पहरेदारसंगै विकासका अभिन्न सारथी भएको भन्दै युवाहरुलाई विभिन्न उत्पादनमुलक काममा लगाउन आफुहरु र युवा संघ सधै लागि परेको बताए ।

जब जब देशको स्वाधिनता र स्वाभिमानमा धावा बोल्ने काम शुरु हुन्छा तब युवा संघ सो को विरुद्धमा मैदानमा उत्रिएको भन्दै मातृभूमिको सार्वभौमताको रक्षाको लागि सम्पूर्ण युवाहरु युवा संघमा समाहित हुन आग्रह गरे ।

उनले जनताको मतबाट निर्वाचित सरकारलाई हटाएर बर्तमान सरकार परमादेशबाट आएकोले देउवा सरकारबाट जनताले केहि आशा नगरेको भन्दै आफ्नै भनिएका सांसदहरुको घात क्षमा योग्य नभएको बताए । पहारीले जनताको सच्चा प्रतिनिधि र विकासको हिमायती नेकपा एमाले प्रमाणित भैसकेको भन्दै पार्टीको कामसंगै उत्पादनको क्षेत्रमा निरन्तर लाग्न युवाहरुलाई आग्रह गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.