www.tandavnews.com
Fact ~ In search of truth

पश्मिाञ्चल अस्पतालमा ‘एनआरएन’को अक्सिजन प्लाण्ट जोडिदैँ, अब के हुन्छ ‘बतास फाउण्डेशन’को प्लाण्ट योजना ?

जीवन सुवेदी/ताण्डव न्यूज

गैर आवासिय नेपाली संघ (एनआरएन) को पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याईएको अक्सिजन प्लाण्ट जडानको तयारी गरिएको छ ।  प्लाण्ट जडान गरी अर्को हप्ता उद्घाटनको तयारी गरिएको अस्पतालका निर्देशक डा.भरत खत्रीले बताए ।

“सम्भवतः अर्को हप्तासम्म प्लाण्ट सञ्चालनमा ल्याईसक्छौँ’ डा. खत्रीले ताण्डव न्यूजसंग भने “बेडहरुमा पाईपलाईन सबै विस्तार गरिसकेका छौँ ।” उक्त प्लाण्टबाट दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन हुने उनले बताए ।

Batas

यसअघि बतास फाउण्डेशनले पनि प्लाण्ट स्थापनाको पहल गरेको थियो नि त्यो के भयो त ? ताण्डव न्यूजको प्रश्नमा डा खत्रीले भने “उहाँहरुले स्थापना गर्ने भनेको प्लाण्ट कहिले आईपुग्ने हो थाहा भएन, यहाँ अब तेश्रो लहर आयो भने विरामी थेगिनसक्नु चाप हुन्छ ।” अब बतासले स्थापना गर्ने भनिएको प्लाण्ट अन्य कुनै अस्पतालमा स्थापना गर्न सकिने उनले बताए । “यहाँ त हाललाई प्लाण्ट आईसक्यो उहाँहरुले ल्याउने प्लाण्ट अन्त कतै दिनुहुन्छ होला” उनले भने । स्वास्थ्य मन्त्रालयसंग समन्वय गर्ने क्रममा जहाँबाट छिटो हुन्छ त्यहिँबाट प्लाण्ट राख्ने कुरा भए अनुसार गैर आवासिय नेपाली संघले उपलब्ध गराएको प्लाण्ट स्थापना गरिएको डा.खत्रीले बताए ।

गैर आवासिय नेपाली संघले सातवटै प्रदेशमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय बमोजिम प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि पनि प्लाण्ट ल्याइएको हो । प्लाण्टका सबै सामानहरु ल्याईसकेको भएपनि जडान भने हुन बाँकी रहेको गैर आवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले बताए । “काठमाण्डौबाट आज नै टोली आउनुपर्ने हो तर आईपुगेको छैन” उनले भने “सम्भवतः यो हप्ताभित्र ईन्स्टलेशनका सबै काम सकेर अक्सिजन उत्पादन हुनेछ ।” प्रवासी नेपाली मञ्चको सहयोगमा चीनबाट १ करोडको लागतमा प्लाण्ट आयात भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए । २ वर्षको वारेण्टी सहित ल्याईएको प्लाण्टले दैनिक २ सय शिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने उनले जनाए ।

यता बतास फाउण्डेशन अक्सिजन प्लाण्ट निर्माण समितिका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलले भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राख्ने भनेर ल्याईएको ल्याईएको प्लाण्ट अन्त लैजाने कुनै योजना नभएको बताए । “हामीले पश्चिमाञ्चलकै लागि भनेर प्लाण्ट निर्माणको पहल गरेका हौँ” उनले भने “ हाम्रो अभियानमा डा. भरत खत्री जि ले पनि ५ लाख दिनुभएको छ, अस्पताल परिसरमा प्लाण्ट राखेर सिलिण्डर उत्पादन गरी अन्य अस्पतालमा सप्लाई गर्न पनि सकिन्छ ।”

यसअघि बतास फाउण्डेशनले श्रावण महिनाको अन्तिम सम्म प्लाण्ट ल्याईसकिने भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

अक्सिजन प्लान्ट अभियानका संयोजकसमेत रहेका बतासको नेतृत्वमा गठन भएको तदर्थ समितिले मेडिअक्सी प्रालिलाई छनोट गरी आयात र प्लान्ट स्थापना गर्ने अर्डरसमेत गरिसकेको छ । प्रतिदिन ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने तीनवटा अक्सिन प्लान्ट र एक थान फिलर सिस्टम फ्रान्सबाट आयात गर्नका लागि अर्डर दिइएकोमा ती सामान नेपाल आउने चरणमा रहेको प्रवक्ता समेत रहेका पौडेलले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.