www.tandavnews.com
Fact ~ In search of truth

तीन हजार १२५ सङ्क्रमित थपिएः एक हजार ९२५ सङ्क्रमणमुक्त

काठमाडौँ ।

नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा सङ्क्रमण देखिएको हो ।

Batas

यस्तै गत २४ घण्टामा एक हजार ९२५ जना यो सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो सङ्क्रमणबाट मुक्त भएका र निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

यस्तै गएको २४ घण्टामा सङ्क्रमणबाट २३ जनाको निधन भएको छ ।

आज निधन भएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ । हाल सघन उपचार कक्ष (आइसियु) मा ६९० जना र भेन्टिलेटरमा १७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.