www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए ५ सय संक्रमित, ४ को मृत्यु

पोखरा/ताण्डव न्यूज

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका २, स्याङ्जा र नवलपुरका १÷१ जना गरी ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देनालयले जनाएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ९ पुगेको छ ।

Batas

त्यस्तै आज ५ सय जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमध्ये सबै भन्दा धेरै कास्कीमा १४८ छन् । त्यस्तै नवलपुरमा ८५, पर्वतमा ७१, स्याङ्जामा ६७, तनहुँमा ५३, गोरखामा ४३ जना संक्रमित थपिएका छन् । लमजुङ र बाग्लुङमा १६÷१६ जना संक्रमित थपिएका छन भने म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा २४ घण्टाको अवधिमा १ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमित संगै प्रदेशमा संक्रमितको संख्या ६९ हजार ६ सय ५१ पुगेको छ ।ती मध्ये ६२ हजार ८ सय ५६ जना संक्रमण मुक्त भएका छन् । हाल प्रदेशमा ५ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५ हजार ४ सय ३३ जना होम आईसोलेशनमा छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.