www.tandavnews.com
Fact ~ In search of truth

बंगलादेशमा जन्ती गएका १७ जनाको चट्याङ लागेर मृत्यु

बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् । जन्ती लिएर बेहुलीको घर गइरहेका बेला चट्याङ लागेको बीबीसीले जनाएको छ । दक्षिण एसियामा वर्षेनी चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ । बंगलादेशमा सन् २०१६ मा एकैदिन ८२ जना र मे महिनामा मात्रै २ सय जनाको चट्याङ्ग लागेर मृत्यु भएपछि चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरिएको थिया । विज्ञले वनजंगल फडानीका कारण चट्याङ्ग लागेर मानिसको मृत्यु हुने क्रम बढेको बताउँदै आएका छन् ।

– एजेन्सी

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.