www.tandavnews.com
Fact ~ In search of truth

मास्क नलगाउने १ हजार ३३७ जनालाई कारवाही

पोखरा । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ ।

यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा  सात हजार ७१४ सवारीसाधन धनीलाई बाटैमा रोकेर स्वास्थ्य मापदण्ड र ट्राफिक नियमबारे  जानकारी  गराइएको  ट्राफिक प्रहरी प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए ।

Batas

उनका अनुसार सो अवधिमा स्वास्थ्य मापदण्ड एवं ट्राफिक नियमसँग सम्बन्धित नौ हजार पर्चा र दुई हजार २०० मास्क वितरण गरिनाका साथै विभिन्न स्थानमा सचेतनामूलक फ्लेक्स प्रिन्ट पनि टाँसिएको थियो । मास्क नलगाई हिँड्नेहरूबाट जरिवानास्वरूप  एक लाख ३७ हजारसंकलन गरिएको उनले बताए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.