www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरा महानगरका ६सहित ८ संक्रमितले गुमाए ज्यान

कास्कीका १६९ सहित थपिए ५१० संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पोखराका मा त्रै ७ र गोरखाका १ गरि ८ संक्रमितले ज्यान गुमाएका छन् ।

आठै संक्रमितको पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ३६ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ५१० संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १६९ जना, म्याग्दीका३, पर्वतका ५२,गोरखाका २७, लमजुङका २,तनहुँका १७, बागलुङका १२२, स्याङ्जाका १०३ र नवलपरासीका १५ जना रहेका छन् ।

२४५ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७२ हजार ५१ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ६२५ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६५ हजार १ सय ६४ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ५ हजार ७५१ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ४ सय १७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.