www.tandavnews.com
Fact ~ In search of truth

शुक्लागण्डकीका पहिरो प्रभावित ८ परिवारलाई गैरआवासीय नेपाली संघ कङ्गोद्धारा राहत सहयोग

पोखरा/ताण्डव न्यूज । 

तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत पहिरो प्रभावितलाई सहयोग आएको छ ।

असार १७ गते परेको वर्षाका कारण पहिरो जाँदा प्रभावित बनेका सिम्ले टोलका ८ घर र अमरसान्ती मोटरमार्गका प्रभावितलाई गैरआवासीय नेपाली संघ कङ्गोले सहयोग गरेको हो । संस्थाका अध्यक्ष ढक बहादुर क्षेत्री , आइसीसी सदस्य विष्णु प्रसाद गिरी संघका सचिव खडक भुजेलको संयोजकतामा प्रभावितलाई  राहत सहयोग गरेको हो ।

Batas

संघका सदस्य रामचन्द्र ढुंगाना र अमरसान्ती मोटर मार्गका कोषाध्यक्ष इन्द्र गिरीले प्रभावित ८ परिवारलाई अति आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । सोही ठाउँमा पहिरोले सडकमा क्षति पुर्याउँदा स्थानीयलाई आवतजावतमा समस्या भएपछि सडक मर्मतका लागि पनि उनीहरुले सहयोग गरेका छन् ।

प्रभावित परिवारलाई ६ हजार रुपैयाँका दरले सहयोग गरिएको हो । अमरसान्ती मोटर मार्गका अध्यक्ष  दल बहादुर क्षेत्री र सह–सचिव तोप बहादुर महतको संयोजकत्व भु.पु. आर्मी तथा अन्य सहयोगीहरुबाट रकम संकलन गरिएको थियो।

उक्त राहत सभासद आशा कोइरालाले  वितरण गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.