www.tandavnews.com
Fact ~ In search of truth

कानुन लत्याउँदै हेम्जाको घाटमा ‘राज’ गरिरहेका ‘रामचन्द्र’ले प्रहरीलाई हातपात गर्न खोजेपछि…

पोखरा/ताण्डव न्यूज

पोखरा-२५ हेम्जास्थित सहस्रधारा घाटमा वर्षोदेखि राज गर्दे आएका ब्यक्ति हुन्, रामचन्द्र थापा । घाट सञ्चालनकालागि तोकिएको न्यूनतम मापदण्ड समेत पालना नगरि उक्त घाट वर्षोदेखि सञ्चालन हुँदै आएको छ ।

वडा कार्यालय र महानगरले पटक पटक घाट बन्द गर्न पत्र काटेपनि रामचन्द्र थापाले घाट बन्द गरेनन् । उक्त घाटलाई रामचन्द्रले आफ्नो ‘रामराज्य’ बनाएका छन् । आफ्नो जग्गा खोलामै पर्छ भन्दै थापाले अन्य व्यक्तिलाई त्यहाँ प्रवेश गर्न दिदैनन्, न त प्रशासनलाई नै टेर्छन् ।

Batas

जग्गा निजी नै भएपनि त्यहाँका सामग्री भने निजी हुँदैनन् । नदी वा खोलाको ३० मिटर वरपरबाट कुनै पनि नदी/खोला जन्य सामाग्री उत्खनन् गर्न कानुनले वर्जित छ । नदिको वहाव नै परिवर्तन हुनेगरि ‘सिमेन्टेड’ खोरी समेत बनाइएको छ ।

स्थानीय प्रशासनलाई पटक पटक अटेर गर्दे आएका थापाले यहि साउन २४ गते प्रहरीलाई थर्काउन भ्याए । आइतबार करिब ५ बजेको समयमा सोही घाटबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् भइरहेको सूचनाको आधारमा कास्की प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले सोधपुछ गर्ने क्रममा थापाले प्रहरी कर्मचारीमाथी गालिगलौज गरे । उक्त घाटको ‘राजा’ ठान्ने थापाले प्रहरीलाई हातपातको प्रयाससमेत गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । उनलाई अभद्र व्यवहार मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

यस विषयमा ताण्डव न्यूजमा २०७७ असार १३ गते शनिबार दिउसो १ः२४ मा प्रकाशित न्यूज 

कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’

सम्बन्धित भिडियो

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.