www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी प्रदेश सभाको बैठक रोक्न माग गर्दै परेको रिटको पेसी आज

रुपन्देही/ताण्डव न्यूज

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ ।

हिजो लुम्बिनी प्रदेश सांसद लीला गिरीले दिएको रिट दर्ता भएको र आजका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि सर्वोच्चले हकदैया नपुगेको भन्दै पेश भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपीठ भएको थियो ।

Batas

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए । त्यही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले भोलिका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभाको एमाले संसदीय दलको तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष गिरीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.