www.tandavnews.com
Fact ~ In search of truth

निषेधाज्ञा खुकुलो भएसँगै चितनवमा बढे कोरोना संक्रमित

चितवन ।

जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो सम्बन्धी तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यालयका अनुसार गत फागुनमा ९६ जना संक्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो संख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै संक्रमितको संख्या क्रमशःघट्दै गएको थियो ।

Batas

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो संख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो संख्या असारमा तीन हजार ४२ मा झरेको उनले जानकारी दिए । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः संक्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना संक्रमित भएको उनले बताए ।

उनका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताए । उनले भने, ‘कोरोना संक्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने नियन्त्रणमा सहज हुन्छ ।’ जिल्लामा संक्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उनको भनाइ थियो ।

स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उनले बताए । बिरामीको चाप र संक्रमितको अवस्था हेरेर अघि बढ्ने उनले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.