www.tandavnews.com
Fact ~ In search of truth

जस्केलाबाट होईन असाधारण जनमतका साथ मूलगेटबाट आउँछुः  ओली 

पोखरा/ताण्डव न्यूज । 

एमाले संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुनः सरकारमा आउने दावी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट नै सरकारको नेतृत्वमा आउने बताए ।  ‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।

Batas

प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताको मतबाट चुनिएर प्रधानमन्त्री बनेको बताए । ’मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएका हुन्,’ ओलीले भने ।

उनले आफू प्रधानमन्त्री बन्न नजन्मिएको पनि बताए । आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको उनको भनाई थियो । ’म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

अघिल्लो सरकारले गरेका राम्रा कामहरुलाई अहिलेको सरकारले स्वीकार गर्न नसकेको भन्दै प्रतिपक्षी दललाई दम्भ देखाउने प्रबृत्ति गलत रहेको बताए । एमसिसीबारे अहिलेको सरकार स्पष्ट हुन नसकेको भन्दै ओलीले प्रश्न उठाए । ‘सरकारको साझा न्यूनतम कार्यक्रममा एमसिसि को विषय किन मौन राखियो ? उनले भने एमसिसी बिर्सनुभयो कि, प्रधानमन्त्री ज्यू तपाई १६४ जना सांसदको मत पाएको स्ट्रोङ सरकार, यस विषयमा जनताले जवाफ खोजिरहेका छन ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.