www.tandavnews.com
Fact ~ In search of truth

तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।

Batas

सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.