www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः माछापुच्छ्रे गाउँपालिकामा लोरा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

पोखरा /ताण्डव न्यूज ।

कास्कीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

आज बिहान १० बजेको समयमा कास्की माछापुच्छ्रे गाउँपािलका २ बाझाखेतका ६५ वर्षीय श्रीराम वि.कले आफ्नै श्रीमती श्रीमाया वि.कलाई कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

श्रीरामले मादक पदार्थ सेवा गरी सिलौटाको लोराले टाउकोमा प्रहार श्रीमती घाईते भएकी थिइन । घाईते श्रीमायालाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

कुटपिट गर्ने श्रीमान् श्रीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.