www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः कास्कीका ५ सहित ८ संक्रमितको निधन

कास्कीका १९७ सहित थपिए ५५३ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ८ संक्रमितले ज्यान गुमाएका छन् ।

कास्की जिल्लाका ५ सहित ८ संक्रमितको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । ज्यान गुमाउनेमा कास्कीका ५, नवलपरासीका १ म्याग्दीका १ र लमजुङका १ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४९ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ५५३ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १९७ जना, म्याग्दीका४६, पर्वतका ६,गोरखाका ५६, लमजुङका १,तनहुँका ५६, बागलुङका ६६, स्याङ्जाका ७४ र नवलपरासीका ५० जना रहेका छन् ।

२७६ महिला र २७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७३हजार १८१ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ४६५ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६६ हजार ५६ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ५ हजार ९७६ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ७ सय ७७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.