www.tandavnews.com
Fact ~ In search of truth

‘क्लोज क्याम्प’का लागि पोखरा आइपुग्यो राष्ट्रिय फुटबल टोली (फोटो फिचर)

पोखरा/ताण्डव न्यूज

नेपाली राष्ट्रिय फुटबल टोली(पुरुष) बन्द प्रशिक्षण(क्लोज क्याम्प)को लागि पोखरा आईपुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का संयोजक कृष्णभक्त मानन्धरको नेतृत्वमा २७ सदस्यीय फुटबल टोली आज (मंगलबार) पोखरामा आएको हो । उनीहरुले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान र बिजयपुर ब्यारेकको मैदानमा तीन हप्ता प्रशिक्षण गर्नेछन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रशिक्षण दिनेछन् ।

Batas

अल्मुताइरी मैदान निरीक्षण गर्न गत हप्ता पोखरा आईसकेका थिए ।प्रशिक्षक अल्मुताइरी सहित फुटबल टोली लेकसाईड होटल मुनलाईटमा बस्नेछन् । आज २७ जना आएपनी बन्द प्रशिक्षणमा भने कुल ३८ जना रहेका छन् ।

तस्बिर : अर्जुन गाहा मगर (सुशान्त)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.